कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

काठमाडौं, कार्तिक १२ गते ।

नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीका साथै केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

पार्टी सभापति गगन थापाबाहेक सबै पदाधिकारी र चारजना केन्द्रीय सदस्यबाहेकले शपथ लिएका छन् । उनीहरूलाई निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले शपथ दिलाएका हुन् ।

कांग्रेस सभापति थापाले चारजना केन्द्रीय सदस्यको शपथ भने रोकेका छन् । केन्द्रीय सदस्य सन्तोष चालिसे, मोहन बस्नेत, विनिता खड्का र सुशील भट्टका विषयमा विवाद देखिएका उनीहरूको शपथ रोकिएका हो ।

भट्टको उमेर ३५ वर्षभन्दा बढी देखिएको, चालिसे, बस्नेत र खड्काको भने मुद्दा अदालतमा विचाराधीन रहेकाले शपथ रोकिएको हो । उनीहरूले सफाइ पाएपछि मात्रै जिम्मेवारी तोकिने भएको छ । न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको