सिरहामा नक्कली नोटको कारोबार गर्ने दुई जना पक्राउ

रौतहट, कार्तिक १४ गते ।

नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका दुई जनालाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ। उनीहरूको साथबाट २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नोट बरामद गरिएको छ।

बुधबार राति करिब ९ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोकतर्फ जाने हुलाकी सडकमा प्रहरीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका दुई जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा नक्कली नोट फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सूचनाको आधारमा प्रहरी निरीक्षकको कमाण्डमा परिचालित टोलीले उनीहरूलाई जाँच गरेको थियो।

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–८ निवासी ३५ वर्षीय मोहमद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मियाँ रहेका छन्।
प्रहरी प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट ५०० दरका ३ थान र १ हजार दरका २४ थान गरी कुल २७ थान नक्कली नोट बरामद भएको छ। बरामद नोटको कुल अंकित मूल्य २५ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

नक्कली नोटसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ। उनीहरूले उक्त नोट कहाँबाट ल्याएका थिए र यसको प्रयोग वा कारोबारमा अन्य व्यक्तिको समेत संलग्नता छ कि छैन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको