परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको भेट

काठमाडौं, कार्तिक १७ गते ।

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले राजदूत ह्वाइटलीलाई नियुक्तिका लागि बधाइ दिँदै उनको सफल तथा सुखद कार्यकालको शुभकामना व्यक्त गरे ।

भेटका अवसरमा दुवैजनाबीच आपसी हितका विविध विषयमा विचार आदानप्रदान भएको थियो ।

साथै, नेपाल र युरोपेली संघबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा आगामी दिनमा पारस्परिक सहयोग र सहकार्यलाई अझ विस्तार र गहिरो बनाउने उपायबारे छलफल भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको