धनगढी, कार्तिक १७ गते ।
कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका–३ फल्टेबिसौनाबाट भरुवा बन्दुक बनाउने सामग्रीसहित ६० वर्षीय लालबहादुर कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० योगेन्द्र तिमिल्सिनाले कामीलाई घरमा अवैध हातहतियार बनाउने काम भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दै पक्राउ गरिएको बताए ।
उनका अनुसार इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले कामीको घरमा खानतलासी गर्दा भरुवा बन्दुकमा प्रयोग हुने फलामका नाल २ थान, हातहतियार बनाउन प्रयोग हुने रेती ३ थान, छिना २ थान, कस्सा १ थान, माछा आकारको पित्तलको प्लेट १ थान र स्क्रु २ थान बरामद गरिएको छ ।
त्यस्तै, घरको पछाडिपट्टि जमिनमुनि खाल्टोमा लुकाइछिपाइ राखिएको पुरानो भरुवा बन्दुक एक थान र भरुवा बन्दुकमा प्रयोग हुने फलामको नाल ६ थानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका कामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।








