ई–जीपी प्रणाली पुनः सञ्चालनमा

काठमाडौँ, कार्तिक १८ गते ।

सरकारले सार्वजनिक खरिदको विद्युतीय प्रणाली (ई–जीपी) सुधार गरी पुनः सञ्चालनमा ल्याएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबारदेखि प्रणाली पुनः सञ्चालनमा ल्याइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले जोखिमका कारण गत भदौ ११ गतेदेखि ई(जीपी प्रणाली बन्द गरेको थियो ।

कानुनी व्यवस्थाअनुसार सबै सार्वजनिक निकायले निर्माण कार्य तथा मालसामान खरिदका राष्ट्रिय र अन्तर्राष्ट्रिय बोलपत्र यही प्रणालीमार्फत प्रकाशन गर्नुपर्नेछ ।

नयाँ व्यवस्थाअनुसार बोलपत्रदाता तथा आपूर्तिकर्ताले अनलाइन वा हार्डकपीमार्फत प्रस्ताव पेस गर्न सक्नेछन् । तर बोलपत्र खोल्ने र मूल्यांकन गर्ने काम भने अनिवार्य रूपमा विद्युतीय प्रणालीबाटै गर्नुपर्नेछ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको