दुई बस एकआपसमा ठोकिँदा २० जना घाइते

काभ्रेपलाञ्चोक, कार्तिक २६ गते ।

काभ्रेको बनेपा नगरपालिका–६ बुडोलमा दुईवटा यात्रुवाहक बस एकआपसमा ठोकिँदा २० जना घाइते भएका छन्।

बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको र धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बस एकआपसमा ठोकिएका हुन्।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पताल बनेपा लगिएको छ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डीएसपी राकेश थापाले १६ जनाको सिर र ४ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको