श्रीमतीको कुरुवा बसेका व्यक्ति जनकपुर प्रादेशिक अस्पताल परिसरमै मृत फेला

जनकपुरधाम, कार्तिक २६ गते ।

प्रादेशिक अस्पताल जनकपुरको परिसरभित्र एक जनाको शव फेला परेको छ । तीन दिनदेखि सम्पर्कविहीन धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ निवासी ४५ वर्षीय मैतु सदाको शव प्रादेशिक अस्पतालको शव गृह नजिक फेला परेको हो ।

उनी प्रादेशिक अस्पतालमा उपचाररत श्रीमतीको कुरुवा बसेका थिए । उपचारका क्रममा नियमित घर आउजाउ गर्ने गरेका थिए । पाँच दिनअघि घरबाट खाना लिएर अस्पताल आएका उनी तीन दिनदेखि सम्पर्कविहीन थिए ।

खोजतलासको क्रममा उनको शव अस्पताल परिसरमै आज दिउँसो फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

शव भेटिएपछि मृतकका परिवारजनले हत्या भएको हुन सक्ने भन्दै अस्पताल अगाडि प्रदर्शन गरेका छन् । त्यस क्रममा केहीबेर तनाव समेत भएको छ ।

परिवारजन तथा स्थानीयले घटनाको सत्यतथ्य छानविन तथा अनुसन्धान गर्न माग गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको