भेटघाट र सम्झौता आदानप्रदानमा आज व्यस्त हुनेछन् बालेन, आजै स्वदेश फिर्ता

काठमाडौं, मंसिर ७ गते ।

भारतको दुईदिने राजकीय भ्रमणमा नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज उच्चस्तरीय राजनीतिक भेटघाट, द्विपक्षीय छलफल, परियोजना उदघाटन तथा सम्झौता आदानप्रदानका कार्यक्रममा व्यस्त हुने भएका छन् ।

प्रधानमन्त्री शाहलाई सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिने कार्यक्रम छ । त्यसपछि उनले बिहान १०स्४० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

प्रधानमन्त्री शाहले बिहान ११ बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नेछन् । त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच ११स्५० बजे द्विपक्षीय वार्ता हुनेछ ।

वार्ताको क्रममा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्मको रेल सेवा, भारतको धार्चुलादेखि नेपालको दार्चुलासम्म मोटरेबल पुल निर्माण लगायतका विषयमा १० बुँदामा केन्द्रित रहेर छलफल गर्ने तयारी छ ।

यी १० बुँदामा विपद् व्यवस्थापन, खेल, स्वास्थ्य, कृषि, शिक्षा, ऊर्जा, सडक, सूचना प्रविधि लगायतका विविध विषय समेटिएका छन् ।

द्विपक्षीय भेटपछि बालेन र मोदीले दिउँसो १२स्३५ बजे विभिन्न परियोजनाको भर्चुअल उदघाटन, समझदारीपत्र ९एमओयू० तथा सम्झौता आदानप्रदान र संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम तय गरिएको छ । अनलाइनखबरलाई आइतबार प्राप्त द्विपक्षीय वार्ताका एजेण्डामा हवाई रुट र सीमा विवादको विषय भने उल्लेख छैन ।

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री बालेनको सम्मानमा दिउँसो १ः१५ बजे दिवाभोज आयोजना गर्नेछन् ।

भारतीय राष्ट्रपतिलाई भेटर आजै स्वदेश फर्किने

त्यसपछि प्रधानमन्त्री बालेनले दिउँसो ३ः१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

बालेनको भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, आर्थिक सहकार्य तथा दुई देशबीच विभिन्न क्षेत्रमा सहयोग विस्तारसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

भेटघाटका कार्यक्रम सम्पन्न भएपछि प्रधानमन्त्री शाह आजै अपराह्न ४ः५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् । उनी साँझ ६स्३५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शाह भारतको दुई दिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका हुन् । नयाँदिल्ली पुगेकै दिन उनीसँग भारतीय विदेशमन्त्री एस जयशंकरले होटल ताजमहलमा भेटवार्ता गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको