रामायणको विश्वभर कमाई १७ सय करोड नाघ्यो

काठमाडौं, मंसिर ८ गते ।

बलिवुड फिल्म ‘रामायण’ ले विश्वभर बम्पर कमाई जारी राखेको छ ।

रिलिजको १९ दिनमा सोमबारसम्म रामायणले विश्वभरबाट १७ सय करोडभन्दा बढी कमाएर बक्स अफिसमा आफ्नो दबदबा कायम राखेको हो ।

नितेश तिवारीको निर्देशनमा बनेको रणवीर कपुर र यश अभिनीत फिल्मले भारतीय बक्स अफिसमा पनि उल्लेखनीय व्यापार गरेको छ ।

फिल्मले प्रदर्शनको १९ दिनसम्म विश्वभरबाट १७०४।६५ करोड भारतीय रुपैयाँ कमाएको छ । भारतमा यस फिल्मको कुल कमाई ११४१।६५ करोड भारतीय रुपैयाँ ग्रस पुगेको छ भने भारतबाहिरबाट ५६३ करोड भारतीय रुपैयाँ कमाई गरेको बलिवुडको बक्स अफिस रिपोर्टिंग गर्ने मिडिया स्याक्निलले उल्लेख गरेको छ ।

फिल्मले नोभेम्बर ५ मा प्रदर्शन सुरु गरेको थियो । भारतमा रामायणले पहिलो दिन पहिलो दिन ६४।८५ करोड भारु कमाएकोमा १९औं दिन बुधबार फिल्मले १२।७ करोड भारतीय रुपैयाँ कमाई गरेको छ ।

नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपुर, यश, साई पल्लवी, सन्नी देओल, रवि दुबे र लारा दत्तालगायतका कलाकारले अभिनय गरेका छन्। फिल्ममा रणवीरले भगवान् राम र यशले रावणको भूमिका निर्वाह गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार फिल्मका दुवै भाग निर्माण गर्न करिब ४ हजार करोड भारु खर्च हुने बताइएको छ । यो बजेटसँगै फिल्म विश्वकै महँगा चलचित्रमध्ये एक बनेको छ । पहिलो भागका लागि नैयसअघि हजार करोड भन्दा बढी खर्च भएको भनिएपनि निर्माताहरुले फिल्मले राम्रो प्रदर्शन गरेपछि पहिलो भागको बजेट ८ सय करोडभन्दा कम भएको बताएका छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको