हुलाकका नासुविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

काठमाडौं, मंसिर ९ गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा डिल्लीबजारमा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कुरियर कम्पनीमार्फत विदेशमा सामान पठाउँदा सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले रिजाललाई २० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा रिजालले सेवाग्राहीको सामान विदेश पठाउने क्रममा विभिन्न बहाना बनाई मोलमोलाइ गर्दै २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

अख्तियारले रिजालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) विपरीत रहेको ठहर गर्दै २० हजार रुपैयाँ बिगो कायम गरेको छ ।

आयोगले बिगो बराबर जरिवाना र कानुनबमोजिम कैद सजायको मागदाबीसहित बुधबार काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको