सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं, मंसिर ११ गते ।

नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको हो। योसँगै आज छापावाल सुनको मूल्य तोलाको २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार चाँदी तोलाको ३ हजार ४० रुपैयाँमा किनबेच भएको थियो। एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको