गौशाला, कार्तिक १९ गते ।
मधेस प्रदेशका मुख्यमन्त्री जीतेन्द्र सोनलले कात्तिक २२ गते विश्वासको मत लिने भएका छन् । यसका लागि उनले प्रदेशसभा सचिवालयलाई पत्र बुझाएका छन् ।
प्रदेशसभा सचिवालयमा सरकारमा सहभागी दलका संसदीय दलका नेताहरूले पत्र बुझाउँदै संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम कात्तिक २२ गते विश्वास मत प्राप्त गर्नका लागि वातावरण वातावरण मिलाइदिन अनुरोध गरेका छन् ।
सोनललाई गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।








