राष्ट्र बैङ्कको प्रवक्तामा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल

काठमाडौँ, कर्तिक २० गते ।

नेपाल राष्ट्र बैङ्कको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई ताकिएको छ ।

पौडेललाई बुधबारदेखि लागू हुनेगरी राष्ट्र बैङ्कको प्रवक्ता तोकिएको हो । विसं २०५९ मा सेवा प्रवेश गर्नुभएका पौडेलले बैङ्क तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैङ्क सुपरीवेक्षण विभागलगायतको जिम्मेवारी सम्हालिसकिएको छ ।

हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत रहनुभएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको