सुनचाँदी बजार: सुन घट्यो, चाँदी बढ्यो

काठमाडौँ, मंसिर १६ गते ।

अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ आज केही घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३०० कायम भएको छ । आज चाँदीको मोल भने बढेर तोलामा तीन हजार ५४५ निर्धारण भएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी तीन हजार ५३५ मा कारोबार भएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको