साढे १२ करोडको चिउरा निर्यात

काठमाडौं, पुस१० गते ।

पछिल्लो पाँच महिना अवधिमा नेपालबाट साढे १२ करोड रुपैयाँभन्दा बढीको चिउरा निर्यात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ साउनदेखि मंसिरसम्म १२ करोड ५८ लाख ७८ हजार रुपैयाँ बराबरको चिउरा निर्यात भएको हो ।

यस अवधिमा ३ लाख १४ हजार ३ सय ११ किलो अर्थात् ३ सय १४ टन चिउरा १० देशमा निर्यात भएको तथ्यांकले देखाउँछ ।

सबैभन्दा धेरै चिउरा अस्ट्रेलिया निर्यात भएको छ । पाँच महिनामा अस्ट्रेलियामा ७ करोड २९ लाख ३४ हजार रुपैयाँको १ लाख ४४ हजार ६ सय ३२ किलो किलो (१ सय ४४ टन) चिउरा निर्यात भएको छ ।

यस्तै इटालीमा १ करोड ६४ लाख ९ हजार रुपैयाँको ५७ लाख ३ सय ४० किलो, अमेरिकामा १ करोड ३० लाख ७२ हजार रुपैयाँको २३ हजार ४ सय २४ किलो र क्यानडामा १ करोड ७ लाख ७३ हजार रुपैयाँको २९ हजार ३ सय २ किलो चिउरा निर्यात भएको छ ।

यसैगरी जापानमा ३५ हजार ८ सय ८० किलो चिउरा निर्यात हुँदा ५१ लाख ९७ हजार रुपैयाँ आम्दानी भएको छ । पोल्यान्डमा ४८ लाख ७९ हजार रुपैयाँको १२ हजार ९ सय २६ किलो र युनाइटेड अरब इमिरेट्स ९यूएई० मा २२ लाख ६३ हजार रुपैयाँको ६ हजार ४ सय १८ किलो चिउरा निर्यात भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको