तीस बिघामा लगाएको गाँजा फडानी

बागमती, पुस १६ गते ।

मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको गाँजा र अफिमखेती प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुुष्कर बोगटीका अनुसार अभियान नै सञ्चालन गरेर २१ बिघामा लगाइएको गाँजा र नौ बिघामा लगाइएको अफिम नष्ट गरिएको हो ।

अभियानका क्रममा राक्सिराङ गाउँपालिका–१, ६, ७ र ८ तथा कैलाश गाउँपालिका–१, २, ३, ५, ६ र ९ का विभिन्न स्थानमा गरिएको गाँजा र अफिमखेती फडानी गरी नष्ट गरिएको होे । गाँजा फडानी अभियानलाई निरन्तरता दिइने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको