सुनको भाउ बढ्यो

काठमाडौं, पुस २१ गते ।

सोमबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६५ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अमेरिकाले भेनेजुयलामा गरेको आक्रमण र नियन्त्रणले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ सोमबार उच्च दरले बढेसँगै नेपाली बजारमा प्रभाव परेको हो ।

अन्तर्राष्ट्रिय बजारमा शनिबार र आइतबार कारोबार बन्द हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ४ सय अमेरिकी डलर नाघेको छ ।

चाँदीको भाउ तोलामा १८५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५ सय रुपैयाँ रहेको चाँदी आज ४ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको