काठमाडौं, वैशाख ४ गते ।
सरकारी तथा सार्वजनिक कार्यालयहरु तथा ठाउँहरुमा सर्वसाधारण र सेव्राग्राहीलाई दुख हैरानी दिएको आरोपमा ३०९ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न मितिमा काठमाडौं जिल्लाका विभिन्न कार्यालय आसपासबाट ३०९ बिचौलियाहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
बिचौलिया मुक्त कार्यालय बनाउने उदेश्यसहित अहिले प्रहरीले बिचौलियाविरुद्ध अपरेशन चलाइरहेको छ । सो क्रममा काठमाडौंबाट विभिन्न मितिमा ३०९ जनालाई पक्राउ गरिएको हो ।
३०९ जनाविरुद्ध ६१ थान मुद्दा चलाइएको छ । जसमा बिचौलियादेखि दुस्ख हैरानी दिने, गुण्डागर्दी र यौनजन्य कार्य समेतका मुद्दा छन् ।








