रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं, वैशाख ६ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकका लागि आधा दर्जन बढी एजेण्डा तय गरिएको छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनका विषयमा छलफल हुनेछ ।

यसैगरी महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, योजनाहरू आह्वान र विविध जस्ता एजेन्डा पनि तय छन् ।

विविधमा पनि प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठक र संसदीय दलका लागि प्राविधिक सहायता तथा लेबी सम्बन्धमा छलफल गर्ने एजेन्डा रहेको प्रवक्ता झाले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको