डीपी अर्याल पुन: कार्यबहाक सभापति

काठमाडौँ, चैत २३ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबहाक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले पाएका छन्।

सहकारी ठगी प्रकरणमा सभापति रबि लामिछाने पुनस् पक्राउ परे पछि अर्यालले कार्यबहाक सभापतिको जिम्मेवारी पाएका हुन्।

उच्च अदालत, बुटबलले लामिछानेलाई पुनस् थुनामा राख्ने आदेश दिए पछि हिजो साँझ उनी पक्राउ परेका थिए । न्युज कारखाना

पक्राउ परे लगत्तै सभापति लामिछानेले कार्यबहाक सभापतिको जिम्मेवारी अर्याललाई दिएको रास्वपाले जनाएको छ ।

लामिछानेलाई आजै रूपेन्देही लगिदैछ । हिजो रातभर उनी काठमाडौँ हिरासतमा थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको