अवैध लागुऔषधसहित १३ जना पक्राउ

काठमाडौँ, वैशाख २५ गते ।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुर्खेत, कैलाली, कञ्चनपुर, मोरङ, कास्की र ललितपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

लागुऔषध नियन्त्रण ब्यूरोबाट परिचालन भएको प्रहरी टोलीले उनीहरुको साथबाट खैरो हेरोइन, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि फेनारगन, डाइजेपाम, लुपिजेसिक र बुप्रेनोर्फिन बरामद गरेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको