सरकार र यातायात व्यवसायीबीच भोलि फेरि वार्ता हुने

पब्लिक सन्देश 
गौशाला, जेठ १९ गते ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र र सरकारबीचको आजको वार्ता बिहीवार बिहान बस्ने गरी टुंगिएको छ । सार्वजनिक यातायात नै ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ६ बुँदामा सहमति नजिक पुगे पनि मुख्य मागमा भने सहमति जुट्न सकेन ।

ुआजको दुई चरणको वार्तामा कुनै सहमति बन्न सकेन,ु नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले भने, ुअर्को वार्ता भोलि बिहान साढे १० मा बस्ने कुरा भएको छ ।ु

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन भएको सरकारी वार्ता टोली र यातायात व्यवसायीबीच आज दुई चरणमा वार्ता भएको थियो ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएपछि यातायात व्यवसायीहरू ७ बुँदे मागसहित आन्दोलनमा छन् । गण्डकी प्रदेशमा चार दिनदेखि सार्वजनिक यातायात ठप्प छ भने सोमबारदेखि यातायात व्यवसायीले देशभर यातायात ठप्प पारेका छन् ।

वार्ता नटुंगिएकाले बन्दका कार्यक्रमबारे थप निर्णय नभएको अध्यक्ष स्वाँरले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको