घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ, जेठ ४ गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जग्गाको नयाँ स्रेस्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग दुई लाख रुपैयाँ घूस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही समयअघि खाम्चालाई पक्राउ गरेको थियो ।

नायब सुब्बा खाम्चाले घूस लिएको पुष्टि भएकाले आयोगले आज बिगो बमोजिमको जरिवाना र कैद सजायको माग दाबी गर्दै मुद्दा दर्ता गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको