विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित

काठमाडौँ, जेठ ४ गते ।

नेपाल विश्व स्वास्थ्य सङ्गठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित भएको छ । स्विट्जरल्यान्डको जेनेभामा भइरहेको महासभाको उपाध्यक्षमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार जेनेभास्थित पाले डे नेसन्समा आज आयोजित महासभाको उद्घाटन सत्रमा यो ऐतिहासिक निर्वाचन भएको हो ।

महासभाको सोही सत्रमा आजै नेपालका तर्फबाट स्वास्थ्यमन्त्री निशा मेहताले सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । स्वास्थ्यमन्त्रीको नेतृत्वमा आइतबार नेपाली प्रतिनिधिमण्डल जेनेभा गएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको