प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम अनुमोदन

काठमाडौँ, जेठ ५ गते ।

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।

सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश शर्माले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने त्यसमाथि छलफल भएको थियो । समितिले आज बिहान प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न बैठक बोलाएको थियो । शर्माविरुद्ध समितिमा १६ उजुरी परेको थियो ।

संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको