काठमाडौं, जेठ ६ गते ।
जेब्राक्रसबाट यूटर्न गर्ने विद्यालय बसलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
सामाजिक सञ्जालमा जेब्राक्रसबाट यूटर्न गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उक्त बसको खोजी गरेको थियो ।
सो क्रममा ट्राफिक प्रहरी वृत्त मालिगाउँले स्कुल बसको पहिचान गरेर कारबाही गरेको हो ।






