काठमाडौं, जेठ २१ गते ।
प्रतिनिधिसभाको बैठक बस्दैँछ ।
मङ्गलबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक बस्दैँ नबसी स्थगित भए पछि बुधवार बोलाइएको हो ।
हिजो ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भए पनि भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकको राजिनामा नदिएको भन्दै बिपक्षी दलले बोल्न सहमति नदिए पछि बुधवारसम्मका लागि स्थगित गरिएको थियो ।
संसद सचिवालयका अनुसार बैठक बुधबार दिउँसो १ः०० बजे बस्नेछ ।
विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध जारी राखेका छन् ।








