योगेश भट्टराईले मागे ओलीको राजीनामा

काठमाडौं, जेठ ९ गते ।

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा उनले ओलीसमक्ष राजीनामा माग गरेका हुन् ।

‘अब तपाईंबाट पार्टी चल्दैन । राजीनामा दिनुस्,’ भट्टराईले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने ।

यसअघि हिजो बसेको सचिवालय बैठकमा ४ जना उपाध्यक्षले पनि ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।

यसैबीच आज महासचिव शंकर पोखरेलले पनि पार्टीमा समीक्षा जरुरी रहेको बताउँदै अहिलेकै परिस्थितिमा अघि बढ्न नसक्ने बताएका थिए ।

उनले भने ‘राजीनामा दिनुस्’ भनेर नभनेपछि घुमाउरो शैलीमा अहिलेको परिस्थितिबाट अघि बढ्न नसकिने बताएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको