मेकअप कलाकार तथा ट्रान्स–वुमन निलम सगरमाथाको चुचुरोमा

काठमाडौं, जेठ १२ गते ।

व्यवसायिक मेकअप कलाकार तथा ट्रान्सण्वुमन निलम पौडेलले सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी छन् । योसँगै उनी सगरमाथाको चुचुरोमा पुग्ने नेपालको एलजीबीटीक्यू समुदायकी पहिलो ट्रान्स महिला बनेकी छन् ।

शनिबार बिहान उनी सर्वोच्च शिखरको चुचुरोमा पुगेकी हुन् । मंगलबार बिहान काठमाडौं आइपुगेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

‘मेरो लागि यो आरोहण व्यक्तिगत शौर्यको मात्र प्रमाण होइन, वर्षौँसम्म भोगिएको सामाजिक विभेद, अस्वीकृति र पहिचानको संघर्षमाथिको विजयको प्रतीक पनि हो’ उनले भनिन्, ‘मेरो यो आरोहणले सीमान्तकृत समुदायका व्यक्तिहरूलाई ‘हामी पनि सक्छौँ’ भन्ने सशक्त सन्देश दिएको छ र विश्वभरका एलजीबीटीक्यू समुदायको आवाजलाई उचाइमा पुर्‍याएको छ ।’

पौडेलको सफलताले सगरमाथालाई पर्वतारोहणको उपलब्धिका साथसाथै विविधता, साहस र खुलापनका साथ जीवन जिउने प्रतीकको रूपमा नयाँ अर्थ प्रदान गरेको नीलहिरा समाजले जनाएको छ ।

निलम लामो समयदेखि फिल्म, संगीत र फेसनसहितको कला क्षेत्रमा व्यवसायिक मेकअप आर्टिस्टको रुपमा कार्यरत छिन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको