विवादपछि रास्वपा महोत्तरी अधिवेशन स्थगित

जनकपुरधाम, जेठ २४ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरी जिल्ला अधिवेशनमा दुई पक्षबीचको विवादका कारण अर्को सूचना नभएसम्मका निम्ति अधिवेशन स्थगन गरिएको छ ।

महोत्तरीको जलेश्वरमा शनिबार जिल्ला अधिवेशन सुरु गरिएको थियो । दोस्रो दिनको बन्दसत्रमा पनि दुई पक्षबीच सहमति हुन नसक्दा फरक परिस्थिति सिर्जना भएको अधिवेशन निर्वाचन संयोजक मनिषकुमार साहले जारी गरेको सूचनामा उल्लेख छ ।

महोत्तरीका प्रतिनिधिसँग सल्लाह गरी तथा शान्ति सुरक्षालाई ख्याल गर्दै अर्को सूचना नभएसम्मका निम्ति अधिवेशन स्थगन गरिएको उनले जानकारी दिए ।

यसमा रास्वपा केन्द्रीय सदस्य डा. नन्दन यादव, देवनारायण महतो, प्रतिनिधिसभा सदस्य प्रमोद महतो, निर्वाचन समिति सदस्य महेश पुर्वे, पूजा झालगायत नेता–कार्यकर्ताको सहमति रहेको उनको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको