तनहुँ, असार ८ गते ।
स्थानीय बन्दीपुर गाउँपालिका–४ गुम्बानजिक टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठ रहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार ग१क ५४६६ नम्बरको तीव्र गतिमा रहेको टिपरका चालकले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते चालक श्रेष्ठको सैनिक अस्पताल पोखरामा उपचारको क्रममा आज मृत्यु भएको हो । रासस








