बजेट विवाद : मधेश प्रदेशसभा बैठक अनिश्चित समयका लागि स्थगित

जनकपुरधाम, असार १८ गते ।

बजेट संशोधनको माग गर्दै विपक्षी दलले बिहीबार पनि मधेश प्रदेशसभा बैठक अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी जसपा नेपाल र प्रतिपक्षी जनमत पार्टीले सदन अवरुद्ध गरेका हुन् ।

बैठकको सुरुमै जनमतका सांसद संजयकुमार यादवले सरकारले एक करोडको बजेट ल्याउने नाममा टुक्रे योजनाहरू भएको बजेट ल्याएर संघीयतामाथि झन् वितृष्णा बढाउन खोजेको आरोप लगाए । उनले बजेट संशोधन नभएसम्म प्रतिपक्षी दुबै दलले सदन चल्न नदिने अडान लिए ।

यस्तै, जसपा नेपालका सांसद उपेन्द्र महतोले पनि बजेट संशोधन हुनुपर्ने वा छानविन समिति गठन गरे मात्र सदन चल्न दिने बताए ।

प्रतिपक्षीले सदन अवरुद्ध गरेपछि सभामुख रामअशिष यादवले अनिश्चित समयका लागि बैठक स्थागित गरेका छन् । उनले अर्को सूचना नहुञ्जेलसम्मको लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

यसअघि बुधबार पनि बजेटमाथि छलफलको लागि बसेको बैठक दुई दलको अवरोधका कारण १० मिनेटको लागि स्थगित गरिएको थियो । पछि बैठक पुनःबस्न सकेको थिएन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको