‘तराई–मधेश समृद्धि कार्यक्रममार्फत विकास अघि बढाएका छौँ’

वीरगञ्ज, जेठ २५ गते ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरकारले तराई–मधेश समृद्धि कार्यक्रममार्फत मधेशका विभिन्न जिल्लामा विकास निर्माणका काम अघि बढाउँदै आएको बताएको छ ।

आज यहाँ सखुवाप्रसौनी गाउँपालिका–५ मा ढलान सडकको शिलान्यास गर्दै उहाँले सीमान्तकृत समुदायको विकास र समृद्धिका लागि आफू लागिपरेको बताए ।

मन्त्री गुप्ताले भूमिहीन र विपन्न समुदायको जीवस्तर उकास्नका लागि आवश्यक काम भइरहेका बताए । यस्ता कार्यक्रमले यहाँका समुदायको हित संरक्षण र संवर्द्धन हुने अपेक्षा राखिएको उनको भनाइ छ । मन्त्री गुप्ताले आज पटेर्वासुगौली गाउँपालिका–४ मा रु ४५ लाखको लागतमा निर्माण हुने ढलान सडकको समेत शिलान्यास गर्नुभयो ।

आजै उहाँले पटेर्वासुगौली गाउँपालिकामा नै निर्माणाधीन खेलकुद मैदानको पनि शिलान्यास गरिएको छ । तराई मधेश समृद्धि कार्यक्रम मधेशका विभिन्न जिल्लामा सडक, विद्यालय, स्वास्थ्यचौकी, पुल, कल्भर्ट, सुकुम्वासी सामूहिक आवास, विभिन्न जातजातिका संस्कृति संरक्षणका लागि सामुदायिक भवनलगायत संरचना निर्माण भइरहेका छन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको