कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले दिए राजीनामा

कर्णाली, असार ३१ गते ।

नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी चार मन्त्रीले आज राजीनामा दिएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले संयुक्त रुपमा त्यागपत्र दिएको नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए ।

दुई/दुई वर्ष आलोपालो सरकार चलाउने गरी सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार उनिहरुले आज संयुक्त राजीनामा दिएको हो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको