पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

बागलुङ, असार ३२ गते ।

पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि आवतजावत अवरुद्ध भएको छ ।

जैमिनी नगरपालिका–८ बेलबगर स्थित सो करिडोरमा खसेको पहिरोले सडक अवरूद्ध भएको हो । सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

सडक अवरूद्ध भएपछि बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएको छ भने बुटवलतर्फका सवारीसाधन बेलबगरमै रोकिएका छन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको