गृहमन्त्री गुरुङ सिरहाका मृतकका परिवारलाई भेट्ने आउने

जनकपुरधाम, साउन १५ गते ।

गृहमन्त्री सुधन गुरुङ आज सिरहा आउने भएका छन् । सिरहा आएपछि उनले मृतकका आफन्तलाई भेट्ने कार्यक्रम रहेको छ । यो जानकारी उनले सुनसरीको देवानगञ्जमा दिएका हुन् ।

गृहमन्त्री गुरुङले विहीबार राति देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा मृतकका आफन्तलाई भेटेका थिए । उनको उपस्थितिमा मृतकका परिवारसँग सात बुँदे सहमतिमा हस्ताक्षर समेत भएको छ ।

सहमतिपछि उनी मोरङको विराटनगर पुगेका छन् । केही समय विराटनगरमा बिताएर उनी सिरहा जाने कार्यक्रम तय भएको छ ।

सुनसरीमा भएको हिंसात्मक घटनाको विरोध चर्किँदा बिहीबार मधेश प्रदेशका जिल्ला समेत अशान्त छन् । सिरहामा प्रहरीको गोली लागेर धनगढीमाई नगरपालिका–तुलसियाही निवासी रामवृक्ष यादवका छोरा गणेश यादवको मृत्यु भएको थियो ।

गृहमन्त्री गुरुङले आज यादव परिवारलाई भेट्ने र जिल्लाको पछिल्लो अवस्थाबारे प्रहरी प्रशासनका अधिकारीहरुबाट जानकारी लिने कार्यक्रम रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको