जेनजी आन्दोलनमा भागेका कैदी पक्राउ

सुनसरी, साउन २५ गते ।

झुम्का कारागारबाट गत वर्ष भदौको जेनजी आन्दोलनमा भागेका भारतीय कैदी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानकाअनुसार पक्राउ पर्नेमा भारतको भागलपुर जिल्लाको हबिपुरबस्ने ३२ बर्षीय मोहम्मद सहजादा छन् ।

लागुऔषध मुद्दामा पक्राउ परेका साहजादालाई सुनसरी जिल्ला अदालतको ०८२ बैशाख ७ गतेको फैसलाले १ लाख ४० हजार रुपैयासहित ३ बर्ष ६ महिनाको कैद जरिबाना तोकेको थियो ।

अदालतको फैसालअनुसार सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरिरहेका साहजादा गत भदौ २४ गतेको जेनजी आन्दोलनको मौकामा फरार भएका थिए।

धरान–७ शान्तिपथमा कोठा भाडामा लिएर धरान, इटहरी र विराटनगरमा लागुऔषधको कारोबार, ओसारपसार गदै आएका साहजादालाई पक्राउपछि फेरि झुम्का कारागारमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको