रास्वपाका सांसदलाई तेस्रो पटक प्रशिक्षण

काठमाडौँ, साउन २७ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसद्को गरिमा र भूमिकालाई प्रभावकारी बनाउनका लागि प्रशिक्षण दिन लागिएको सचेतक क्रान्तिशिखा धितालले जानकारी दिइन् ।

धितालका अनुसार साउन २९–३१ सम्म ललितपुर गोदावरीस्थित फरेस्टमा प्रशिक्षण कार्यक्रम राखिएको छ । यसअघि दुई पटक दिएको प्रशिक्षण अपुग भएकाले पार्टीले तेस्रो पटक कार्यक्रम राखिएको उनको भनाइ छ । पार्टीको नीतिलाई केन्द्रमा राखेर सांसदहरूको सुझाव अनुसार प्रशिक्षणको कार्यतालिका तय हुने धितालले बताइन् ।

‘सिक्ने प्रक्रिया जीवनभर रहिरहनसक्छ । यसपटक सांसदहरूकै सुझाव र आवश्यकता अनुसार प्रशिक्षण कार्यक्रम राखिएको हो । हामीले पार्टीको नीति र संसदमा प्रभावकारी भूमिका खेल्नेगरी प्रशिक्षण दिन्छौँ’, उनले भनिन् ।

यसअघि २०८२ साल चैत ३ र ४ गते ललितपुरको होटेल टुलिप र वैशाख २६ र २७ गते ललितपुरको जावलाखेलमा प्रशिक्षण कार्यक्रम राखिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको