स्रोत नखुलेको ५१ लाखसहित गौशाला जगन्नाथ पक्राउ

पब्लिक सन्देश
गौशाला, साउन २७ गते ।

स्रोत नखुलेको ५१ लाखभन्दा बढी नगदसहित एकजनालाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ ।

बुधबार बिहान पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–१२ बस्ने ५७ वर्षीय जगन्नाथ महतो कोइरी रहेको प्रहरीले जनाएको छ ।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ राजदेवी मन्दिरअगाडिबाट स्रोत नखुलेको नगद ५१ लाख ३४ हजार रूपैयाँसहित जगन्नाथ लाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

सर्लाहीको भेल्हीबाट वयलबासतर्फ जाँदै गरेको ज१० प ८६५२ नम्बरको स्कुटर जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त नगद फेला पारी चालक जगन्नाथलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको