एनसेल–एनटीसी कलमा किन भयो १० मिनेट अवरोध ?

काठमाडौं, भदौ २ गते ।

एनसेलबाट नेपाल टेलिकम (एनटीसी) को नम्बरमा कल गर्दा मंगलबार दिउँसो करिब १० मिनेट अवरोध उत्पन्न भयो ।

एनसेलबाट एनटीसीमा कल गर्दा ‘आगमन कल निषेध गरिएको छ‘ भन्ने सन्देशसहित फोन सम्पर्क हुने समस्या देखियो।

यो समस्याका कारण केही समय सेवाग्राहीहरू प्रभावित भएका थिए ।

अहिले उक्त समस्या पूर्ण रूपमा समाधान भइसकेको छ । नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले प्राविधिक समस्या आएको पुष्टि गर्दै यसको कारणबारे अनुसन्धान भइरहेको बताएका छन् ।

‘हाम्रो प्राविधिक टोलीले कारण पत्ता लगाउँदै छ । अघि १० मिनेट चाहिँ अवरोध भएको थियो,‘ उनले भने।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको