कांग्रेसका सांसद प्रकाशबहादुर पदमुक्त

धनगढी, भदौ २ गते ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा पदमुक्त भएका छन् ।

सभामुख भीमबहादुर भण्डारीले देउवालाई मंगलबार पदमुक्त गर्ने निर्णय गरेका हुन् ।

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले देउवालाई पदमुक्त गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनकाअनुसार कुनै जानकारी नदिएर देउवा सभामा उपस्थिति नभएका कारण सभामुखले उनलाई संविधानको धारा १८० को(घ) अनुसार पदमुक्त गरेका हुन् ।

देउवा विगत ११ महिनादेखि अमेरिकामा छन् । उनी अहिलेसम्म लगातार २७ बैठकमा अनुपस्थित रहेको सचिवालयले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको