नदीमा पौडी खेल्ने क्रममा दुई बालबाबालिका बेपत्ता

हुम्ला, भदौ ४ गते ।

कर्णाली नदीमा पौडी खेल्ने क्रममा दुइ जना बालबालिका बेपत्ता भएका छन् ।

दिउँसो २ बजे खार्पुनाथ गाउँपालिका–१ सुनाखाडाको कर्णाली नदीमा पौडी खेल्ने क्रममा २ जना बालबालिका बेपत्ता भएका हुन् ।

खार्पुनाथ गाउँपालिका–१ लालिगाउँका रामचन्द्र रावलका अन्दाजी १४ वर्षको छोरा प्रशान्त रावल र बिर्ख शाहीकी अन्दाजी १३ वर्षकी छोरी अनु शाही बेपत्ता भएका हुन् ।

उनीहरू पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काले बताए ।

उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको