कांग्रेस सभापति गगन थापा रसुवामा

काठमाडौं, भदौ १९ गते ।

नेपाली कांग्रेसका सभापति गगन थापा रसुवा पुगेका छन्।

भदौ १० को भोटेकोशी बाढी प्रभावित क्षेत्र निरीक्षण र बाढी प्रभावितसँग कुराकानी गर्न उनी आज रसुवा गएका हुन्।

सभापति थापासहितको टोली नौकुण्ड गाउँपालिका ३ पुगिसकेका छन्।

सभापति थापासँगै राष्ट्रिय पुननिर्माण प्राधिकरणका पूर्वसिइओ गोविन्दराज पोखरेललगायत पनि सहभागी छन्।

यसअघि सभापति थापा धादिङ र नुवाकोटका बाढी प्रभावित क्षेत्र पुगेका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको