नुवाकोटको तादीमा सेनाले जोडिरहेछ बेलिब्रिज

काठमाडौं, भदौ २० गते ।

भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको छ।

नेपाली सेनाले बाढीले ध्वस्त भएको नुवाकोटको बिदुरस्थित तादी खोलामाथि पुल जडान तीव्र पारेको हो।

सेनाले यही पुलको नजिकै त्रिशूली नदीमाथि तुइन पनि जडान गरिरहेको छ। पुलसँगै सडकमार्ग बगाउँदा नुवाकोटकै केही क्षेत्र र रसुवासँग सडकसम्पर्क टुटेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको