सिरहाबाट लागुऔषधसहित २ युवक पक्राउ

जनकपुरधाम, भदौ २३ गते ।

लागूऔषध ब्राउन सुगर सहित सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारी अनुसार सोमबार सिरहा–२ स्थित छोट्की टोलमा प्रदेश ३–०२–०१३ प ६४१२ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा उनीहरूलाई लागु औषध सहित नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेमा सिरहा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय कमलेश कुमार साफी र र सोही स्थानका मोटरसाइकल चालक ३२ वर्षीय सन्तोष यादव रहेका छन् ।

उनीहरूको साथबाट १६ ग्राम १४० मिलिग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

जिल्लाका प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालका अनुसार पक्राउ परेका दुवै जनालाई मोटरसाइकल सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासत कक्षमा राखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको