मुग्लिन–नारायणगढ सडक खण्ड पनि पूर्णरूपमा सञ्चालन

काठमाडौं, असोज १ गते ।

मुग्लिन–नारायणगढ सडक खण्ड पनि पूर्णरूपमा सञ्चालनमा आएको छ ।

गत २२ भदौदेखि यो सडक खण्ड आंशिक रूपमा बन्द गरी तुइन खोलामा खसिरहने पहिरो रोक्नका लागि ‘स्लोप स्टेबिलाइजेसन’ कार्य भइरहेको थियो ।

सडक डिभिजन भरतपुर चितवनका अनुसार पृथ्वी राजमार्गको कृष्णभिरमा नयाँ ट्र्याकबाट आजदेखि सवारीसाधन गुड्न थालेपछि मुग्लिन(नारायणगढ सडक खण्डमा पनि दुईतर्फी सडक खुला गरिएको हो ।

कृष्णभिरमा सडक अवरुद्ध भएको मौका छोपेर सडक डिभिजन भरतपुरले तुइनखोलामा आंशिक सडक बन्द गरेर पहिरो रोकथामका लागि ‘स्लोप स्टेबिलाइजेसन’ कार्य गरिरहेको थियो ।

सडक डिभिजन भरतपुरका अनुसार तुइन खोलामा स्लोप स्टेबिलाइजेसन कार्य भइरहेको र अर्को सूचना जारी नहुँदासम्मका लागि यस सडक खण्ड पूर्णरूपमा सञ्चालनमा ल्याइएको जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको