काठमाडौं, असोज १ गते ।
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको प्रमुख कार्यकारी अधिकृत अर्थात् सीईओ पदका लागि ६ जना सर्टलिस्ट भएका छन् । २७ जनाको आवेदन परेकोमा ६ जना सर्टलिस्ट गरेको प्रधानमन्त्री कार्यलयका प्रवक्ता हेमराज अर्यालले अनलाइनखबरलाई बताए ।
‘२७ जनामा समितीले ६ जनाको सर्टलिस्टिङ गरिएको छ । अब यो कमिटीले तीन जना सिफारिस गर्छ अनि त्यसपछि मन्त्रिपरिषद्ले एकजना छान्छ,’ अर्यालले भने। अर्यालका अनुसार यसको सीईओको लागि डा। भोजराज घिमिरे, डा। श्रीधर मरासिनी, निराजन पन्थी, नारायणप्रसाद घिमिरे, ध्रुव ज्ञवाली र किरण तिमिल्सिना सर्टलिस्टमा परेका हुन्।
प्रधानमन्त्री कार्यलय मातहत रहेने गरी स्थापना गरेको यो कम्पनीमा सीईओ नियुक्तिका लागि भाद्र १९ गते विज्ञापन गरिएको थियो। यो सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले सरकारी सफ्टवेयर विकास, स्तरोन्नति तथा मर्मत कार्य गर्नेछ।






