त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

काठमाडौं, असोज २ गते ।

माथिल्लो त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालिएको छ ।

सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान गर्न बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा ६ शव निकालिएको बताएको छ ।

यो टनेलमा सुरक्षाकर्मीका साथै आयोजनाका प्रतिनिधिहरू समेत खटिएर काम गरिरहेका छन् ।

टनेलको भित्री भागमा समेत अन्य शव जस्तो आकृति देखिएको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको