नारायणी नदीमा क्रुजसिप बगाएपछि पूर्व-पश्चिम राजमार्ग बन्द

काठमाडौं, असोज ११ गते ।

चितवनस्थित नारायणी नदीमा राखिएको क्रुजसिप नै बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ ।

नदीले बगाएको क्रुजसिप बगेर पुलको पिलरमा आएर अड्किएको छ ।

पुलको पिलरमा क्रजुसिपले धक्का दिएपछि अहिले नारायणी नदी वारपार भएर आवतजावत गर्ने सवारी साधनहरू बन्द गरिएको छ । यो सँगै पूर्व–पश्चिम राजमार्ग पनि बन्द भएको हो ।

एसपी रामेश्वर पौडेलका अनुसार, केहीबेरदेखि पुलमा सवारी आवतजावत बन्द गरिएको हो ।

‘पुलको गैंडाकोटपट्टिको पिल्लरमा अड्किएर बसेको छ । पानीको सतह बढ्दैछ, जोखिम पनि बढ्दैछ,’ उनले भने ।

उनले पानीको बहाब बढिरहेको पनि जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको