हिमपहिरोमा परी दुई जनाको मृत्यु

संखुवासभा, असोज १२ गते ।

मनाङ जिल्लाको हिमलुङ हिमालमा हिमपहिरोमा परेर सङ्खुवासभाका दुई जनाको मृत्यु भएको छ ।

असोज ११ गते मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परेर भोटखोला गाउँपालिका–३ का छेबी भोटे र भोटखोला गाउँपालिका–२ का पासाङ भोटेको मृत्यु भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।

आइतबार हिमलुङ हिमाल क्षेत्रमा आएको हिमपहिरोमा परेर उनीहरूको ज्यान गएको गाउँपालिका अध्यक्ष भोटेले बताए ।

मनाङको हिमलुङ हिमाल आरोहण तथा त्यस आसपासको क्षेत्रमा रहेका उनीहरू हिमपहिरोमा परेका हुन् ।

मृतकको शव पोस्टमार्टमका लागि कैलाश हेलिकप्टरमार्फत काठमाडौँको त्रिवि शिक्षण अस्पताल ल्याइएको उनले जानकारी गराए ।

भोटखोला –३ का छेबी र भोटखोला–२ का पासाङ दुवैजना टुरिष्ट गाइड हुन् ।

हिमपहिरो मनाङको नार्पाभूमि गाउँपालिका–५ मा गएको हो । मृतकको दुवैजनाको पोस्टमार्टमपछि दाहसंस्कार काठमाडौंमा गरिने अध्यक्ष भोटेले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको